Friday, January 24, 2025

-->

रोहित र जफरको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।

रोहित र जफरको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

काठमाडौँ– कप्तान रोहितकुमार पौडेल र साद विन जफरको अर्धशतकमा नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो। लुम्बिनी लायन्सका लागि रोहितले ५७ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ८९ रन बनाए। जफरले ३५ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५२ रनको योगदान दिए।

चितवनका रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जित कुमारले समान १–१ विकेट लिए।


सम्बन्धित सामग्री