काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको आइतबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६४ रन बनायो।
उसका लागि ओपनर हसन एइसाखिलले सर्वाधिक ६५ रन बनाए। उनले ५२ बल खेल्ने क्रममा ६ चौका र ३ छक्का प्रहार गरे।
साथै रवि बोपाराले १८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३६ रन बनाए भने विपिन रावलले १७ रनको योगदान दिए। त्यसैगरी कप्तान कुशल मल्लले १३, सन्तोष कार्कीले ९ र अमर रौतेलाले ६ रन बनाए।
सुदूरपश्चिमका लागि स्कट कुगेलिजिनले २ विकेट लिए भने ब्राण्डोन म्याक मुलेन, दीपेन्द्र सिंह ऐरी, सैफ जेबले समान १–१ विकेट लिए। सुदूरपश्चिम अहिले जवाफी ब्याटिङ गरिरहेको छ।