Thursday, January 23, 2025

-->

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका एक/दुई स्थानमा हल्का हुस्सु लागेको छ।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

काठमाडाैँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका एक/दुई स्थानमा हल्का हुस्सु लागेको छ।

महाशाखाका अनुसार सोमबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

यस्तै, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान गरिएको छ।


सम्बन्धित सामग्री