काठमाडौँ– देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसका कारण आंशिकदेखि साधारणतया बदली रही पहाडी भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने महाशाखाको अनुमान छ।
यसैगरी, बागमती र गण्डकीका पहाडी भूभागमा राति पनि हल्का वर्षा हुनेछ।