Saturday, December 14, 2024

-->

प्रतितोला २ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ तोकेको छ।

प्रतितोला २ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ तोकेको छ। 

तिहार बिदाअघि कात्तिक १५ गते छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै चाँदीको मूल्य प्रतितोला २१ रुपैयाँले घटेको छ।

महासंघले एक तोला चाँदीको मूल्य २ हजार ३० रुपैयाँ तोकेको छ। यसअघि चाँदी प्रतितोला २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो।


सम्बन्धित सामग्री