अर्घाखाँची– अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ भने १८ जना घाइते भएका छन्।
वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा ‘ब्रेक फेल’ भई अनियन्त्रित भएको ना ३ ख २४७१ नम्बरको बसले सोमबार साँझ ५ बजेतिर देउसीभैलो खेलिरहेकाहरूलाई ठक्कर दिएको थियो।
एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो। अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।