काठमाडौँ उपत्यकाको दृश्य । तस्वीर : सुरज घिमिरे/रासस
काठमाडौँ– बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा आइतबार हल्का वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गरिन्। मंगलबारदेखि मौसममा क्रमिक रूपमा सुधार आउँदै जाने उनले जानकारी दिइन्।