Tuesday, December 03, 2024

-->

स्पेनमा बाढीबाट मृत्यु हुनेको संख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइँदै

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी खटाइने बताएकी छन्।

स्पेनमा बाढीबाट मृत्यु हुनेको संख्या २११ पुग्यो प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइँदै
तस्वीर : एएफपी

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताएकी छन्। 

भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी बाढीका कारण २११ जनाको मृत्यु भएको पुष्टि भएसँगै प्रधानमन्त्री साञ्चेजले थप सेना र प्रहरीलाई बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाएको बताएकी हुन्।

दशकौँ यताकै सबैभन्दा घातक विपत्तिका कारण पानीमा डुबेका शहर र भत्किएका पूर्वाधारमा जीवित व्यक्ति भेट्टाउने आशा क्षीण भएको छ। 

सान्चेजले एक टेलिभिजन सम्बोधनमा यो विपत्ति युरोपमा यस शताब्दीको दोस्रो सबैभन्दा घातक भएको र राहत कार्यका लागि सुरक्षा बलमा ठूलो वृद्धि गरिएको बताइन्।

भ्यालेन्सिया क्षेत्रका नेताले थप पाँच हजार सैनिकका लागि गरेको अनुरोधलाई सरकारले स्वीकार गरेको र थप सैनिक र प्रहरी तैनाथ गर्ने जानकारी दिएको सान्चेजले बताइन्। 

“केही दिनदेखि खाद्यान्न, पानी र बिजुलीबाट वञ्चित भएका ध्वस्त शहर र गाउँहरूमा सुव्यवस्था पुनर्स्थापित गर्नु र सहायता वितरण गर्नु प्राथमिकताको विषय हो,” उनले भनिन्।

अधिकारीहरू बाढी आउनुभन्दा पहिले चेतावनी प्रणालीको पर्याप्तताका कारण आलोचनामा परेका छन्। केही पीडित बासिन्दाले विपत्तिको प्रतिक्रिया धेरै ढिलो भएको गुनासो गरेका छन्।


सम्बन्धित सामग्री