Monday, November 11, 2024

-->

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो।

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

नवलपरासी– पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी सञ्चालनमा आएको छ। 

बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडक मर्मतपछि शनिबार बिहान साढे ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहराले जानकारी दिए।

सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए।


सम्बन्धित सामग्री