Saturday, October 05, 2024

-->

तनहुँमा स्ट्रबेरीखेती परीक्षण, सफल भए विस्तार गरिने

ऋषिङ गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार २५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्। परीक्षणका रूपमा खेती गरिएको हो।

तनहुँमा स्ट्रबेरीखेती परीक्षण सफल भए विस्तार गरिने

दमौली– ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले खेती शुरू  गरेको हो। 

गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार २५० स्ट्रबेरीका बिरुवा रोपिएका छन्। परीक्षणका रूपमा खेती गरिएको हो। 

तीन प्रजातिका बिरुवा रोपिएको छ। केहीमा रासायनिक र केहीमा जैविक मल हालेर बिरुवा रोपिएको छ। “कुन राम्रो हुन्छ परीक्षण गर्छौं र त्यसैअनुरूप खेती विस्तार गर्नेछौँ,” उनले भने। 

ऋषिङको हावापानी स्ट्रबेरीका लागि सुहाउँदो भएकाले प्रतिफल पनि राम्रो हुने प्राविधिक पण्डितको विश्वास छ। अपेक्षाअनुसार उत्पादन भएमा खेती विस्तार गर्ने योजना रहेको उनले सुनाए। 


सम्बन्धित सामग्री