Saturday, October 05, 2024

-->

तोलामा १ लाख ५७ हजार १०० पुग्यो सुनको मूल्य

बिहीबार प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ।

तोलामा १ लाख ५७ हजार १०० पुग्यो सुनको मूल्य

काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ।

बिहीबार प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको सुन शुक्रबार १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि सुनको मूल्यमा भदौ ३१ गते १ लाख ५७ हजार ३०० रुपैयाँको उच्च रेकर्ड बनेको थियो। त्यसपछि भने लगातार घटेको थियो। 

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी ३५ रुपैयाँ बढेर १ हजार ९१५ रुपैयाँ पुगेको छ।


सम्बन्धित सामग्री