Saturday, October 05, 2024

-->

बांग्लादेशबाट काँकडभिट्टा नाका हुँदै ६६ करोडको सामान आयात, ९ करोडको निर्यात

बांग्लादेशमा दुई महिनामा सात करोड ६७ लाख ८१ हजार ५२२ रुपैयाँ बराबरको खुदो निर्यात भएको छ।

बांग्लादेशबाट काँकडभिट्टा नाका हुँदै ६६ करोडको सामान आयात ९ करोडको निर्यात

झापा– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकडभिट्टाबाट आठ करोड ९९ लाख २० हजार ८०१ रुपैयाँ बराबरको सामग्री बांग्लादेश निर्यात भएको छ। 

नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार १४२ बराबरको सामान बांग्लादेशबाट आयात भएको छ।

कार्यालयको तथ्यांकअनुसार नेपालबाट मुख्य रूपमा खुदो बांग्लादेश निर्यात भइरहेको छ। दुई महिनामा सात करोड ६७ लाख ८१ हजार ५२२ रुपैयाँ बराबरको खुदो निर्यात भएको छ। 

गोदाम व्यवस्था कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एन्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत मालवस्तु बांग्लादेशबाट आयात भएका छन्। सो अवधिमा सबैभन्दा बढी ४१ करोड ५७ लाख ८७ हजार ६५२ रुपैयाँ बराबरको जुट आयात भएको छ।


सम्बन्धित सामग्री