Saturday, October 05, 2024

-->

देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थान आसपास अवस्थित छ।

देशभर मनसुनी वायु तथा भारतको मध्यप्रदेश र उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो देशका पहाडी भूभागका थोरै तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनीका तराई भूभागमा हावाहुरीको पनि सम्भावना छ। 

राति, कोशी र सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री