Saturday, October 05, 2024

-->

विश्वकप लिग-२ : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले सोमबार घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

विश्वकप लिग-२  आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले सोमबार घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग–२ कै एक दिवसीय (ओडीआई)मा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो। नेपाली समयानुसार आज राति पौने ८ बजे क्यानडाको ओन्टारियोमा खेल शुरू हुनेछ।

क्यानडापछि नेपाल स्कटल्यान्ड र अमेरिकासम्मिलित अर्को लिग–२ सिरिजका लागि अमेरिका भ्रमणमा निस्कनेछ। भारत र श्रीलंकामा गरेको तयारी, टी–२० विश्वकपमा दक्षिण अफ्रिका र बांग्लादेशविरुद्ध गरेको शानदार प्रदर्शन तथा उच्च मनोबलसहित नेपाली राष्ट्रिय क्रिकेट टोली नतिजा आफ्नो हात पार्ने लक्ष्यका साथ क्यानडा भ्रमणमा छ। क्यानमा नेपालले ओमान र घरेलु टोलीसँग डबल राउण्ड रोबिनका आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ।

घरेलु सिरिजमा ४ मध्ये ३ खेल नेपालले गुमाएको छ। नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ।  तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ। ओडीआई सिरिज सकिएको दुई दिनपछि तीनवटै टोलीले त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिज खेल्नेछन्। 
 


सम्बन्धित सामग्री