Saturday, October 05, 2024

-->

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
फाइल तस्वीर

काठमाडाैँ– हाल देशभरको माैसममा आंशिकदेखि साधारणतया बदली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव देखिएको हो।

सोमबार दिनभर कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ। साथै, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री