Saturday, October 05, 2024

-->

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ।

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौँ– संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई सिफारिस गरेको छ। 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्य आठ जना न्यायाधीशको सूची संवैधानिक परिषद्‌मा बुझाएको थियो। तीमध्येबाट वरिष्ठताका आधार सर्वोच्चका न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय भएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन्।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदका कारण १९ असोजमा अवकाशमा जाँदै छन्। प्रधानन्यायाधीश या संवैधानिक निकायका प्रमुख या पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने प्रावधान छ।

प्रधानन्यायाधीशमा प्रस्तावित राउतको नाम संसद्‌को संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनले सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने छन्। राउत २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।


सम्बन्धित सामग्री