Saturday, October 05, 2024

-->

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

लुम्बिनी कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु तथा भारत मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिममा साधारणदेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कर्णाली र सुदूरपश्चिमका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हावाहुरीसहित भारी वर्षा हुनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

राति सुदूरपश्चिमका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हावाहुरीसहित भारीदेखि  धेरै भारी वर्षाको पनि सम्भावना छ।


सम्बन्धित सामग्री