गुगलको सर्च इन्जिनलाई अवैध एकाधिकार घोषणा गरेको करिब एक महिनापछि, यस कम्पनीले आफ्नो विज्ञापन प्रविधिको बारेमा अर्को मुद्दाको सामना गरिरहेको छ।
यो लामो समयदेखि प्रतिक्षा गरिएको गुगलविरुद्धको दोस्रो ठूलो अमेरिकी ‘एन्टिट्रस्ट’ मुद्दा हो, जसले यस कम्पनीलाई आफ्नो व्यवसायका केही अंशहरू तोड्न र यसका केही विज्ञापन प्रविधिहरू हटाउन बाध्य पार्न सक्ने बताइएको छ।
अमेरिकाको भर्जिनियाको एक अदालतमा सरकारी वकिलले दायर गरेका कागजातमा विभिन्न सफ्टवेयरमा गुगलको प्रभुत्वले उसलाई प्रकाशक तथा विज्ञापनदाताहरूबीच बिक्रीको दलाली गरेर एक डलरमा ३६ सेन्ट जति कमाउने गरेको उल्लेख छ।
गुगलले भने सरकारको यो दाबी डेस्कटप कम्प्युटरहरू हावी भएको पुरानो इन्टरनेटमा आधारित रहेको बताएको छ। अहिले विज्ञापनदाताहरू दर्शकहरूमाझ पुग्न टिकटक जस्ता सामाजिक सञ्जाल कम्पनीहरू वा पीकक जस्ता टिभि सेवाहरू स्ट्रिम गर्ने सम्भावना बढेको भन्दै सरकारी आरोपको खण्डन गरेको छ।
वार्षिक प्रतिवेदन अनुसार हालैका वर्षहरूमा गुगलको डिपार्टमेन्ट नेटवर्कको आम्दानीमा कमी आएको छ। २०२१ मा ३१.७ बिलियन डलरबाट २०२३ मा ३१.३ बिलियन डलरमा झरेको छ।
गुगल नेटवर्कमा एडसेन्स र गुगल एड मेनेजर जस्ता सेवाहरू समावेश छन्, जुन यस मुद्दाको केन्द्रमा छन्।
गुगलको एकाधिकार सम्बन्धी मुद्दा भर्जिनियाको अलेक्जान्ड्रियामा सोमबार शुरू भएको थियो। जुरी ट्रायल हुन गइरहेको मुद्दामा गुगलले बेन्च ट्रायल गर्न दबाब दियो। सरकारी दाबी खारेज गर्न माग गर्दै गुगलले संघीय सरकारलाई २० मिलियन भन्दा बढी रकमको चेक दियो, जसको लागि जुरीको आवश्यकता पर्थ्यो।
अब पूर्व राष्ट्रपति बिल क्लिन्टनले बेन्चमा नियुक्त गरेको जिल्ला न्यायाधीश लियोनी ब्रिन्केमाले मुद्दाको फैसला गर्नेछिन्। उनले सेप्टेम्बर–११ सहित ठूला आतंकवाद घटनाको मुद्दामा समेत काम गरिसकेकी छन्।
भर्जिनिया मुद्दा गुगलले आफ्नो सर्च इन्जिनमा ठूलो हार बेहोरेपछि आएको हो। यो कम्पनीको वार्षिक राजस्व ३०७ अर्ब डलरभन्दा धेरै हिस्साको लागि जिम्मेवार छ। ब्याबसन कलेजका प्रबन्धन अभ्यासका प्रोफेसर पिटर कोनले भर्जिनिया केस गुगलको लागि अधिक हानिकारक हुन सक्ने बताएका छन्।
गुगलको वार्षिक राजस्वमा अर्बौँ डलर योगदान गर्ने केही हिस्सा बेच्नपर्ने हुनसक्ने उनको भनाइ छ।