काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा लुम्बिनीका तराई भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।