Friday, September 20, 2024

-->

राहदानी बनाउन पोर्चुगलमा संचालित घुम्ती शिविरबाट ७ करोड राजस्व संकलन

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा राहदानीसम्बन्धी घुम्ती शिविर संचालन गरेको थियो।

राहदानी बनाउन पोर्चुगलमा संचालित घुम्ती शिविरबाट ७ करोड राजस्व संकलन

पोर्चुगल–  विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार ८२९ नेपालीको जैविक विवरण (बायोमेट्रिक) सहितको आवेदन संकलन गरिएको छ।

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा संचालन गरेको राहदानीसम्बन्धी घुम्ती शिविरबाट सात करोड २० लाख ११ हजार ५५४ रुपैयाँ राजस्व संकलन भएको छ।

विद्युतीय राहदानीका लागि आवेदन संकलन गर्न राहदानी विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली दुई हप्ता पहिले लिस्बन पुगेको थियो।

निर्देशक श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमतिपत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको थियो। पोर्चुगलमा नेपाली दूतावास नभएकाले शिविर संचालन गरिएको हो।


सम्बन्धित सामग्री