Friday, September 20, 2024

-->

दाङमा सर्पको टोकाइबाट १ जनाको मृत्यु, १ गम्भीर

मंगलबार राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो। सर्पको टोकाइबाट नै घाइते भएकी उनकी आमाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ।

दाङमा सर्पको टोकाइबाट १ जनाको मृत्यु १ गम्भीर

घोराही– सर्पको टोकाइबाट दाङको घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ। 

मंगलबार राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो। उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले  बताए।  

सर्पले डस्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनको भनाइ छ।

गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।


सम्बन्धित सामग्री