Friday, September 20, 2024

-->

आलोचनापछि मधेशका मुख्यमन्त्रीले हटाए ८ राज्यमन्त्री

मन्त्रिपरिषद् ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले सबै राज्यमन्त्रीलाई हटाएका हुन्।

आलोचनापछि मधेशका मुख्यमन्त्रीले हटाए ८ राज्यमन्त्री 

काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्री हटाएका छन्। मन्त्रिपरिषद् ठूलो बनाएको भन्दै चर्को आलोचना भएपछि मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीलाई पदमुक्त गरेका हुन्।  

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पदमुक्त हुने राज्यमन्त्रीलाई पत्राचार गरिएको छ। 

साउन २२ गते गठित मन्त्रिपरिषद्‌मा समावेश सबै राज्यमन्त्रीलाई पदमुक्त गर्न मुख्यमन्त्रीले सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेको कार्यालयले जनाएको छ । 

मधेशमा २० सदस्यीय मन्त्रिपरिषद् गठन भएकामा चौतर्फी विरोध भएको थियो। राज्यमन्त्री हटाएसँगै मन्त्रिपरिषद् अब १२ सदस्यीय भएको छ।


सम्बन्धित सामग्री