Monday, September 09, 2024

-->

निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निषेधित क्षेत्र प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

काठमाडौँ– काठमाडौँको माइतीघर मण्डलमा एक सातादेखि धर्नामा बसिरहेका दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

फलामको साङ्लो बाँधेर प्रतीकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले मंगलबार बानेश्वरबाट नियन्त्रण लिएको हो।

बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनुपरेको प्रहरीले जनाएको छ। हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। 

सरकार निर्माण तथा राजनीति नियुक्तिमा दलित समुदायलाई बेवास्ता गरेको भन्दै उनले बुधबारदेखि माइतीघरमा धर्ना दिँदै आएका छन्। ‘दलितलाई खै?’ लेखिएको ब्यानरसहित उनी प्रदर्शन गर्दै आएका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा दलितलाई उपेक्षा गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। १४ प्रतिशत जनसंख्या ओगटेका दलितलाई बेवास्ता गरेर समावेशीकरण र समतामूलक समाज स्थापना नहुने सुनारको भनाइ छ।


सम्बन्धित सामग्री