Friday, September 20, 2024

-->

३९ स्वर्णसहित चीन पेरिस ओलम्पिकको शीर्ष स्थानमा

अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटली शीर्ष १० स्थानमा रहेका छन्।

३९ स्वर्णसहित चीन पेरिस ओलम्पिकको शीर्ष स्थानमा 

काठमाडौँ– पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कांस्यसहित अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। अमेरिका, अस्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटली शीर्ष १० स्थानमा रहेका छन्।

दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कांस्य जितेको छ। अस्ट्रेलिया १८ स्वर्ण, १८ रजत र १४ कांस्यसहित पदक तालिकामा तेस्रो स्थानमा छ। 

चौथो स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्य, फ्रान्सले १६ स्वर्ण, २४ रजत र २२ कांस्य, बेलायतले १४ स्वर्ण, २२ रजत र २७ कांस्य, दक्षिण कोरियाले १३ स्वर्ण, आठ रजत र नौ कांस्य जितेका छन्। 

त्यसैगरी, नेदरल्यान्ड्सले १३ स्वर्ण, सात रजत र १२ कांस्य, जर्मनीले १२ स्वर्ण, ११ रजत र आठ कांस्य तथा इटलीले ११ स्वर्ण, १३ रजत र १५ कांस्य जितेका छन्। 

फ्रान्सको पेरिसमा २६ जुलाईमा उद्घाटन भएको ओलम्पिक आइतबार सकिँदै छ।


सम्बन्धित सामग्री