काठमाडौँ– कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ।
शनिबार राति सिटीले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटाउटमा ७–६ ले हराएको हो। सिटीका लागि मानुएल अकान्जीले निर्णायक पेनाल्टीमा गोल गरेका थिए।
लन्डनस्थित वेम्बली मैदानमा भएको खेलमा निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो।
अलेजान्द्रो गार्नाचोले ८२औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ८९औँ मिनेटमा सिटीका बर्नार्डो शिल्भाले गोल गर्दै खेल बराबरीमा लगेका थिए।