Wednesday, July 24, 2024

-->

सुनसरीको चतारा क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कोशी, मधेश, बागमती र गण्डकीका केही र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

सुनसरीको चतारा क्षेत्रमा भारी वर्षा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– सोमबार राति सुनसरीको सप्तकोशी चतारा क्षेत्रमा भारी वर्षा भएको छ।

धनकुटाको मच्छुवाघाट, मोरङको लेटाङ, झापाको कन्काई र झापाको अमरमनीबिर्ता वर्षामापन केन्द्रमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसका कारण उक्त क्षेत्र आसपास भएर बग्ने सप्तकोशी, बिरिङ खोला र निन्दा खोलामा जलसतह बढेको छ। त्यस क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले बिरिङ खोला, निन्दा खोला, चिन्स्याङ खोला, स्यौती खोला र अन्य ससाना खोलामा जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै कोशी, मधेश, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। देशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ।

कोशी, मधेश, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री