Wednesday, July 24, 2024

-->

झापामा चट्याङले लागेर २ जनाको मृत्यु

कमल गाउँपालिका-२ का ४६ वर्षीय राजन खड्का र गौरीगन्ज गाउँपालिका-८ का ४२ वर्षीय विकास गिरीको चट्याङले लागेर मृत्यु भएको छ।

झापामा चट्याङले लागेर २ जनाको मृत्यु

झापा– झापामा मंगलबार बिहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षीय राजन खड्का र गौरीगन्ज गाउँपालिका-८ का ४२ वर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। उनका अनुसार बिहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते भएका खड्कालाई दमकस्थित आम्दा अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

साथै गौरीगन्ज गाउँपालिका-३ मा खेतमा काम गरिरहेका गिरीलाई चट्याङ लागेको थियो। उनको भने घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दले बताए। 


सम्बन्धित सामग्री