Wednesday, July 24, 2024

-->

देशका विभिन्न स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

देशका विभिन्न स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– मनसुनी प्रणालीको प्रभाव कोशी, मधेश, बागमती, गण्डकीका अधिकांश भूभागमा र लुम्बिनीका पूर्वी भूभागमा रहेको छ। बाँकी भूभागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा साधारणदेखि पूर्णतया बदली रहेको छ। गण्डकी,  बागमती, कर्णाली  र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। साथै, गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति देशभर नै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनीका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।


सम्बन्धित सामग्री