Wednesday, July 24, 2024

-->

युरो कप: अस्ट्रियाले पोल्यान्डलाई हरायो, फ्रान्स र नेदरल्यान्ड्सको बराबरी

जर्मनीको लाइप्जिग रंगशालामा भएको खेलमा फ्रान्स र नेदरल्यान्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

युरो कप अस्ट्रियाले पोल्यान्डलाई हरायो फ्रान्स र नेदरल्यान्ड्सको बराबरी

काठमाडौँ– युरो कप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्यान्ड्सले बराबरी खेलेका छन्। शुक्रबार राति जर्मनीको लाइप्जिग रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

यससँगै समूह ‘डी’मा दुवैको समान ४–४ अंक भएको छ। यो खेलमा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे भने मैदान प्रवेश गरेनन्। अघिल्लो खेलमा नाकमा चोट बोकेका एम्बाप्पेले फेस सिल्ड लगाएर खेल्ने बताइए पनि नेदरल्यान्ड्सविरुद्ध उनलाई आराम दिइएको थियो।  

समूह डीकै अर्को खेलमा अस्ट्रियाले पोल्यान्डलाई ३–१ ले पराजित गरेको छ। अस्ट्रियाको जितमा जेर्नोट ट्रानर, क्रिस्टोफ र मार्को अर्नाउटोभिकले १–१ गोल गरे।

पोल्यान्डका क्रिजस्टोफ पियाटेकले १ गोल फर्काए। त्यसैगरी युक्रेनले स्लोभाकियाविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको छ। जारी युरो कपमा पहिलो जितसहित समूह ‘ई’मा युक्रेन दोस्रो स्थानमा उक्लिएको छ। 


सम्बन्धित सामग्री