Wednesday, July 24, 2024

-->

तनहुँमा जंगली च्याउ खाएका १ जनाको मृत्यु, ४ बिरामी

च्याउ खाएर बिरामी परेका ८५ वर्षीय द्रोणपति गुरुङको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तनहुँमा जंगली च्याउ खाएका १ जनाको मृत्यु ४ बिरामी

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ।

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीय द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

च्याउ खाएर बिरामी परेका गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको डीएसपी दीपककुमार रायले जानकारी दिए।

अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

असार १ गते घर नजिकको जंगलबाट ल्याएको च्याउ खाँदा ५४ वर्षीय डिलबहादुर गुरुङले उहाँसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए।

 


सम्बन्धित सामग्री