काठमाडौँ– नेपालको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भूभागमा स्थानीय तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी, राति पनि यी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।