Wednesday, July 24, 2024

-->

सुनको मूल्य स्थिर, चाँदी बढ्यो

छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० र तेजाबी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ।

सुनको मूल्य स्थिर चाँदी बढ्यो 

काठमाडौँ– नेपाली बजारमा चाँदीको मूल्य सामान्य वृद्धि भएको छ। सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले बढेको छ। 

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार २०० र तेजाबी सुनको मूल्य एक लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ। 

सुन सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।


सम्बन्धित सामग्री