Wednesday, July 24, 2024

-->

पहिरो पन्छाएपछि पुन: सञ्चालनमा आयो पृथ्वी राजमार्ग

मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो।

पहिरो पन्छाएपछि पुन सञ्चालनमा आयो पृथ्वी राजमार्ग
फाइल तस्वीर

काठमाडाैँ–  पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ। मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको  जानकारी दिए। राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।


सम्बन्धित सामग्री