Monday, July 15, 2024

-->

आगामी आर्थिक वर्षका लागि लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

 आगामी आर्थिक वर्षका लागि लुम्बिनीको बजेट ३८ अर्ब ९७ करोड
तस्वीर : रासस

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। शुक्रबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गरेका हुन्।

आर्थिक मामिलामन्त्री आचार्यले चालु आर्थिक वर्षभन्दा घटाएर बजेट प्रस्तुत गरेका हुन्। लुम्बिनी प्रदेशले चाल आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

उनले कुल बजेटमध्ये चालु खर्चतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८.८७ प्रतिशत विनियोजन गरिएको बताए। उनले पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३.०९ प्रतिशत र वित्तीय हस्तान्तरणका लागि तीन अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत विनियोजन गरेका छन्।

आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट सात अर्ब ५१ करोड रुपैयाँ प्राप्त हुने आकलन छ। संघबाट राजस्वमार्फत १२ अर्ब एक करोड, संघबाट प्राप्त हुने रोयल्टीबाट ५० करोड र स्थानीय तहमार्फत राजस्वबाट दुई अर्ब ९२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै गरी संघीय सरकारमार्फत वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब २८ करोड ६४ लाख, सशर्त अनुदानबाट चार अर्ब १९ करोड ३३ लाख, समपूरक अनुदानबाट ७९ करोड ५० लाख, विशेष अनुदानबाट ७४ करोड ४६ लाख, चालु आर्थिक वर्षको नगद मौज्दातबाट दुई अर्ब परिचालन हुने अनुमान गरिएको उनले बताए।


सम्बन्धित सामग्री