जुम्लाको तिला गाउँपालिका-१ को रारागाउँ।
जुम्ला- मार्सी धान, सिमी र स्याउका लागि प्रसिद्ध छ जुम्ला। यहाँको मार्सी धान र सिमीको दाल काठमाडौँका डिपार्टमेन्टल स्टोरमा ग्राहकको पहिलो रोजाइमा पर्छ। यीबाहेक जौ, कागुनो, कोदोका लागि पनि जुम्ला प्रसिद्ध छ।
ग्राहकले जुम्ली अन्न र फलफूल भनेपछि बढी पैसा तिरेर किन्ने बिक्रेताहरू बताउँछन्। तर लामो खडेरी र अस्वाभाविक वर्षा जस्ता जलवायुजन्य घटनाले जुम्लाको कृषि उत्पादनमा चुनौती थपेको छ।
यस वर्ष पानी नपरेपछि खेती लगाउन नपाएको कारण अब वर्षभरि नै अन्न किन्नुपर्ने बाध्यता भएको जुम्लाका किसान बताउँछन्। यहाँ अधिकांश ठाउँमा सिँचाइ सुविधा छैन। हिमपात तथा आकासे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता छ। तर यो वर्ष खडेरीले लगाएको बाली पनि सुकेको छ।