Friday, November 08, 2024

-->

महिला एशिया कप: २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

श्रीलंकामा जुलाई १९-२८ सम्म आयोजना हुने महिला एशिया कपमा नेपाल समूह 'ए'मा छ। यस समूहमा नेपालसँगै पाकिस्तान, भारत र यूएई छन्।

महिला एशिया कप २८ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडौँ– एसीसी महिला एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको नेतृत्वमा शुक्रबार २८ सदस्यीय टोली घोषणा गरेको हो। क्यानले यी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्नेछ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूमा कप्तान इन्दुसँगै रुविना क्षेत्री, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डोल्ली भट्ट, विन्दु रावल, रोमा थापा रहेका छन्।

यसैगरी, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सवनम राई, रुबी पोद्दार, खुशी डंगोल, लक्ष्मी साउद, एलिषा खड्का, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिता कर्माचार्य, संगीता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिषा गुरुङलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ।

श्रीलंकामा जुलाई १९-२८ सम्म आयोजना हुने महिला एशिया कपमा नेपाल समूह 'ए'मा रहेको छ। यस समूहमा नेपाल र पाकिस्तानसँगै भारत र यूएई रहेका छन्। नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ।


सम्बन्धित सामग्री