Monday, June 17, 2024

-->

काभ्रेमा दम्पती मृत भेटिए, हत्या गरिएको आशंका

मानबहादुरको शव घरको पसलमा तथा केकाइमायाको शव भान्छा कोठामा मृत फेला परेको छ।

काभ्रेमा दम्पती मृत भेटिए हत्या गरिएको आशंका

धुलिखेल– काभ्रेपलान्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान् र श्रीमती मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका डीएसपी राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ मंगलबार आफ्नै घरमा मृत फेला परेका हुन्। मानबहादुरको शव घरको पसलमा तथा केकाइमायाको शव भान्छा कोठामा मृत फेला परेको हो।  

टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए। तर कसले र किन हत्या गर्‍यो भन्ने खुलिनसकेको उनले बताए।

प्रहरीका अनुसार उक्त घरमा उनीहरू दुई जना मात्रै बस्दै आएका थिए। 


सम्बन्धित सामग्री