Monday, June 17, 2024

-->

कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

अध्यक्ष सिरोहिया नागरिकतासम्बन्धी विवादमा काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाटै मंगलबार पक्राउ परेका थिए।

कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले अनुमति दिएको छ।

जिल्ला अदालतका न्यायाधीश चूडामणि खड्काको इजलासमा भएको चार घण्टा बहसपछि यस्तो अनुमति दिएको हो। मंगलबार काठमाडौँबाट पक्राउ परेका सिरोहियालाई त्यही दिन जनकपुर लगिएको थियो। प्रहरीले सिरोहियालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो। 

अध्यक्ष सिरोहिया नागरिकतासम्बन्धी विवादमा काठमाडौँको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका थिए।  


सम्बन्धित सामग्री