Tuesday, June 18, 2024

-->

कोशी र लुम्बिनीमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र लुम्बिनीसहित पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी र लुम्बिनीमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र लुम्बिनीसहित पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिममा हावाहुरीसहित हल्का वर्षा हुनेछ। 

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।


सम्बन्धित सामग्री