Monday, June 17, 2024

-->

देशका विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

कोशी र बागमतीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

कोशी, मधेश र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र बागमतीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

यसैगरी, राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश, लुम्बिनी, कोशी, बागमती, गण्डकी कर्णालीका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।


सम्बन्धित सामग्री