Tuesday, May 28, 2024

-->

यस्तो रहनेछ बिहीबारको मौसम

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

यस्तो रहनेछ बिहीबारको मौसम

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेत सम्भावना छ। तराईका अधिकांश स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति, कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।  गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा राति पनि हिमपातको सम्भावना  छ। लुम्बिनी प्रदेशको तराई भूभागमा हावाहुरी चल्नेसमेत महाशाखाको अनुमान छ।


सम्बन्धित सामग्री