Tuesday, May 28, 2024

-->

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो रहनेछ शनिबारको मौसम

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ।

जसका प्रभावले कोशी, बागमती र मधेशसहित पहाडी भूभागमा आंशिक बदली रहेको छ। 

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित सामग्री