Tuesday, May 21, 2024

-->

ग्रामीण विकास लघुवित्तका फिल्ड सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले अधिकारीविरुद्ध १९ लाख दुई हजार २३७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

ग्रामीण विकास लघुवित्तका फिल्ड सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक हाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनले नक्कली सदस्य बनाइ बिनाधितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको आयोगले जनाएको छ। आयोगले अधिकारीविरुद्ध १९ लाख दुई हजार २३७ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

हाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड साबिक मध्यमाञ्चल ग्रामीण विकास बैंक शाखा कार्यालय चितवनमा कार्यरत अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।


सम्बन्धित सामग्री