Tuesday, May 28, 2024

-->

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत

नेपालले एसीसी प्रिमियर कपअन्तर्गत शुक्रबारको खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको छ।

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत

काठमाडौँ– नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। नेपालले शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको हो। 

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ३२ रनको योगदान दिए। उनले ३५ बलमा ४ चौका प्रहार गर्दै ३२ रन जोडेका हुन्।

त्यस्तै, कप्तान रोहित पौडेलले २४ बलको समान गर्दै १ छक्काको मद्दतमा २८ रन बनाए। कुशल भुर्तेलले ४ चौकाको मद्दतमा २४ बनाए। दीपेन्द्र सिंह ऐरीले २० रन लिँदा गुल्सन झा १९ रनमा अविजित रहे।

मलेसियाका लागि विरनदीप सिंहले ३ विकेट लिँदा पवनदीप सिंह र मुहम्मद वाफिकले समान १/१ विकेट लिए।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।

मलेसियाका लागि विरनदिप सिंहले सर्वाधिक ७२ रन बनाए। उनले ५७ बल ४ छक्का र ४ चौका प्रहार गरे। शविम मुनिआन्डीले ३३ बलमा २ छक्का र ३ चौकाको मद्दतमा ४१ रन बनाए। मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ र अभिनाश बोहोराले १ विकेट लिए।


सम्बन्धित सामग्री