Saturday, February 08, 2025

-->

भारतको मध्य प्रदेशमा सवारी दुर्घटना: १५ जनाको मृत्यु

मध्य प्रदेशअन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्।

भारतको मध्य प्रदेशमा सवारी दुर्घटना १५ जनाको मृत्यु

भारतको मध्य प्रदेश राज्यमा बिहीबार भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। 

भारतीय प्रहरीका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। 

मध्य प्रदेशअन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। घाइतेमध्ये केहीलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। पीडितहरू सोही गाउँका हुन्। 

उनीहरू नजिकैको ठाउँमा आयोजित विवाहपूर्वको समारोहबाट फर्किरहेका थिए।


सम्बन्धित सामग्री