Thursday, April 25, 2024

-->

२ हजार अंकमा रोकियो शेयर बजार, २ अर्ब ३ करोडको कारोबार

बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा कायम भएको हो।

२ हजार अंकमा रोकियो शेयर बजार २ अर्ब ३ करोडको कारोबार

 काठमाडाैँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंककोको गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा कायम भएको हो।

३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर ४१ हजार ६७९ पटक खरिदबिक्री हुँदा दुई अर्ब तीन करोड ८१ लाख ९७७ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ।

सात कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु लिमिटेड) र बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका शेयरधनीले ६.६६ प्रतिशतका दरले गुमाएका छन्। कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १२ करोड ६९ लाख ६५ हजार रुपैयाँ बराबरको दुई लाख ७७ हजार २२० कित्ता शेयर किनबेच भनेको छ।


सम्बन्धित सामग्री