Thursday, April 25, 2024

-->

नेदरल्यान्ड्सविरुद्ध टस जित्दै नेपाल फिल्डिङमा

नेपाल पहिलो जितको खोजीमा छ। मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

नेदरल्यान्ड्सविरुद्ध टस जित्दै नेपाल फिल्डिङमा 

काठमाडौँ– त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी२० शृङ्खलाको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङमा उत्रिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। यससँगै नेदरल्यान्ड्सले पहिला ब्याटिङ थालेको छ। 

नेपाल पहिलो जितको खोजीमा छ। मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। यता नेदरल्यान्ड्स भने नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ। 

खेलमा नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन्। अविनाश बोहरा र विवेककुमार यादवलाई बेन्च राखिएको छ। ललितनारायाण राजवंशी र प्रतिश जिसी टोलीमा समेटिएका छन्। 

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा र प्रतिश जिसी छन्। 


सम्बन्धित सामग्री