Thursday, April 25, 2024

-->

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ।

नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडाैँ– त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ।

बुधबार त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्रसिंह ऐरीले अर्धशतक कटाए। यस्तै, आशिफ शेख ३४, कुशल मल्ल ११, सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए।

त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। त्यस्तै, साइब्रान्ड इन्गलब्रेचले अविजित ४९ रन बनाउँदा कप्तान स्कड एडवार्ड ३३, तेजा निरामानुरु ३१ र म्याक्स ओडाउड ४ रनको योगदान दिए।

नेपालका करण केसी र कुशल मल्लले एक–एक विकेट लिए। यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। 


सम्बन्धित सामग्री