Thursday, December 12, 2024

-->

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली नै रहनेछ। कोशी र मधेशलगायत पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। 

दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेशलगायत पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। यसैगरी, राति कोशी, मधेश र बागमतीलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। 

कोशी र गण्डकीको पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत हुनेछ।


सम्बन्धित सामग्री