Thursday, April 25, 2024

-->

युरोपेली च्याम्पियन्स लिग: पोर्टोसँग आर्सनल पराजित

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोर्टोले आर्सनललाई १–० ले पराजित गरेको छ।

युरोपेली च्याम्पियन्स लिग पोर्टोसँग आर्सनल पराजित

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बुधबार राति पोर्टोले आर्सनललाई हराएको छ।

दोस्रो हाफको इन्जुरी समयमा ब्राजिली खेलाडी गलेनोले गोल गरेपछि पोर्टो १–० ले विजयी भएको हो। खेलमा आर्सनलले प्रभुत्व जमाए पनि गोल भने गर्न सकेन। अब आर्सनलसामु इमिरेट्समा हुने दोस्रो लेगको खेलमा यो हारलाई उल्टाउने अवसर छ। 

यस्तै, अर्को खेलमा नेपोली र बार्सिलोनाले १–१ को बराबरी खेले। खेलमा बार्सिलोनाले ६०औँ मिनेटमा रोबर्ट लेवनडोस्कीको गोलले अग्रता लिएको थियो। 

नेपोलीका भिक्टर ओसिमहेनले ७५औँ मिनेटमा बराबरी गोल फर्काए।


सम्बन्धित सामग्री